लागुऔषध सहित कञ्चनपुरमा २ जना पक्राउ

लागुऔषध सहित कञ्चनपुरमा  २ जना पक्राउ

कञ्चनपुरमा लागुऔषधिसहित २ जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको आपताल बोडर आउट पोष्टबाट खटिएको टोलीले जिल्लाको पुर्नवास नगरपालिका– ४ काग्रिलडाँडा सिमा क्षेत्रबाट लागुऔषधि नाईट्राभेट–१० का १ सय १४ ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका– ५ पवित्रावस्ती बस्ने १९ वर्षीय कमल दमाई र सोही ठाउँका १९ वर्षीय शिवराज भट्ट रहेको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले बताए। 

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती बुझाइएको उनले बताए।