काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४३ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।
त्यो पछिल्लो २४ घण्टामा संक्रमणकै कारण १८ जनाको दु:खद निधन भएको समेत मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।
यो संगै नेपालमा हालसम्म ३१ सय ९४ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यतिबेला सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ छ भने कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ ।
त्यस्तै हालसम्म २ लाख ७८ हजार ५ सय ६ जना संक्रमणमुक्त भएका छन् ।