निषेधाज्ञाअघि धनगढीका मुख्य बजारसहित हाट बजार क्षेत्रमा सामान किन्नेहरुको घुइँचो

निषेधाज्ञाअघि धनगढीका मुख्य बजारसहित हाट बजार क्षेत्रमा सामान किन्नेहरुको घुइँचो

धनगढी । कोरोना भाइरसको जोखिमकाबीच धनगढीको मुख्य बजार लगायतका क्षेत्रमा मानिसहरुको भीड लागेको छ। कोरोना भाइरसको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै धनगढीका एलएन चोक, बस पार्क, हाट बजार लगायत स्थानमा मानिसहरुको अत्याधिक भीड बढेको हो।

हप्ता दिन सम्म पनि घर बाहिर निस्कन नपाइने भएपछि बजारमा किनमेलका लागि निस्कनेहरु बढेका हुन् । संक्रमण तीव्र भएपछि मंगलबार बसेको सर्वदलीय बैठकले १६ गते देखि एक हप्ताका लागि जिल्ला भरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जसका कारण मंगलबार देखिनै नागरिकहरु आफ्नो घरतिर फर्कन थालेका छन । अध्यनको सिलसिलामा धनगढी आएका विद्यार्थी पनि स्कुलहरु बन्द भएपछि घर फर्कन थालेका छन ।