असममा शक्तिशाली भूकम्प

असममा शक्तिशाली भूकम्प

भारतको असममा ६.४ तीव्रताको भूकम्प गएको छ । स्थानीय समयअनुसार बुधबार बिहान ७ः५१ मा सोनितपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

असमका क्याबिनेट मन्त्री हिमन्ता विश्वाले गुवाहाटीमा भूकम्पबाट क्षति पुगेको केही तस्वीर ट्वीट गरेका छन् । भूकम्पबाट भएको नोक्सानको विवरण भने आइसकेको छैन ।