भारतमा कोरोनाका कारण सुदूरपश्चिमका एक जनाको मृत्यु

भारतमा कोरोनाका कारण सुदूरपश्चिमका एक जनाको मृत्यु

भारतमा  सुदूरपश्चिमका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बैतडीको दोगडाकेदार गाँउपालिका वडा नम्बर ७ का घर भई भारतको दिल्लीमा काम गर्दै आएका मनोज भट्टको कारोना संक्रमणबाट मृत्यु भएको हो।

सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समितिका पूर्व कोषाध्यक्ष समेत रहेका भट्टको दिल्लीबाट अक्सिजनको कमी भएपछि महाकाली अस्पताल महेन्द्रनगर ल्याउँदै गर्दा मुरादाबादमा मृत्यु भएको हो।

भारतका दर्जनौ अस्पतालमा भर्नाका लागि ठाउँ नपाएपछि नेपाल ल्याउँदै गर्दा उनको मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दिपक प्रकाश मल्लले बताए।