आईपीएल : चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद भिड्दै

आईपीएल : चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद भिड्दै

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दै छन् । खेल बेलुका पौने ८ बजे  हुनेछ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको चेन्नई आज हैदराबादलाई हराएर शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । चेन्नईले अहिलेसम्म खेलेका ५ खेलमा चारमा जित निकाल्दै ८ अंक जोडेको छ ।  

अंक तालिकाको पुछारमा रहेको हैदराबाद भने ५ खेलमा २ अंक जोडेर पुछारमा छ । अहिलेसम्म खेलेको पाँच खेलमा चारमा हार बेहोरेको हैदराबाद आज दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।