कञ्चनपुरमा ट्राभल हिस्ट्री नभएका १ सहित अन्य दुई जना कोरोना सङ्क्रमितको मृत्यु

कञ्चनपुरमा ट्राभल हिस्ट्री नभएका १ सहित अन्य दुई जना कोरोना सङ्क्रमितको मृत्यु

कञ्चनपुरमा थप ३  जना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे,दोधारा चाँदनी नगरपालिकाका ३० बर्षीय युवकको राती १२ बजेर ३० बजे र भिमदत्त नगरपालिका १८ कि ३६ बर्षिय एक महिलाको बिहिबार बिहान  ७ बजेर ३०  बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।

भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्र्टी नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पोजेटिभ पनि देखिएकाले उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले  बताए।

यस्तै,दोधारा चाँदनी नगरपालिकाका ३० बर्षीय युवकलाई मंगलवार अस्पतालमा उपचारको लागी भर्ना गरिए पनि उनमा कडा खालको निमोनिया देखा परेको थियो । उनि भारतबाट आएको र भारतमै उनमा समस्या देखा परेको थियो।

यस्तै बैशाख ११ गते अस्पताल भर्ना भएकी भिमदत्त नगरपालिका १८ कि ३६ बर्षिय एक महिलाको  उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ।

बुधवार भीमदत्त नगरपालिका–१९ का ३५ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो । यो संगै कञ्चनपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ।