कैलाली निषेधाज्ञाको पहिलो दिन धनगढीका सडक सुनसान (फोटो फिचर)

कैलाली निषेधाज्ञाको पहिलो दिन धनगढीका सडक सुनसान (फोटो फिचर)

धनगढी । कैलालीमा आजदेखि निषेधाज्ञा लागू  भएको छ । आज बिहान ६ बजेदेखि २२ गते राती सम्मका लागि निषेधाज्ञा लागू गरिएको हो । जिल्लामा गरिएको निषेधाज्ञाको पहिलो दिन धनगढीका सडकहरु सुनसान देखिएका छन । निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयन गर्न आज विहानै देखि सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती रहेको छ ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा स्थगित हुनेछन् । सार्वजनिक र निजी यातायात बन्द हुनेछन्। अत्यन्त जरुरी नपरेसम्म बाहिर निस्कन नपाइने व्यवस्था गरिएको छ। तर एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी चल्न पाउने छन्।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन।

हेर्नुस् तस्विरहरु :

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.