बझाङमा कोरोनाका कारण १ जनाको मृत्यु

बझाङमा कोरोनाका कारण १ जनाको मृत्यु

बैशाख । बझाङ जिल्ला अस्पताल बझाङमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मष्टा गाँउपालिका–५ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । हिजो मात्र उनमा कोरोना संक्रमण पुष्टी भयको थियो ।

जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभयपछी थप उपाचारका लागि अन्यत्र लैजाने तयारी गर्दा उनको अस्पतालमै मृत्यु भयको हो । जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

एक साता अघि जयपृथ्वी नगरपालीका ६ का एक ४८ बर्षिय पुरुषको मृत्यु भयको थियो । आज थप १७ जनामा कोरोना संक्रमण देखिए संगै जिल्लामा कोरोना संक्रमितको संख्या १२२ पुगेको छ ।