कैलालीमा जारी गरिएको निषेधाज्ञा फितलो, फितलो चेकजाँचले हिडडुल गर्ने बढे (फोटोफिचर)

कैलालीमा जारी गरिएको निषेधाज्ञा फितलो, फितलो चेकजाँचले हिडडुल गर्ने बढे (फोटोफिचर)

धनगढी ।  कैलाली निषेधाज्ञाको दोस्रो दिन शुक्रबार धनगढीका सडकहरुमा आवतजावत गर्ने नागरिकको भिड बढेको देखिएको छ । संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको भएपनि चेकजाँच फितलो भएका कारण सडकमा हिड्डुल गर्ने मानिसहरुको सख्या बढेको पाईएको हो ।

जिल्लामा कोरोना संक्रमणको ग्राफ उक्लिदै गएपछि स्थानीय प्रशासनले बिहीबारदेखि २२ गते सम्मका लागि निषेधाज्ञा लगाएको छ। प्रहरीले विभिन्न बाहनामा चलेका निजी र सार्वजनिक सवारी साधनलाई सडकमै ‘होल्ड’ गर्ने गरेपनि आवतजावत रोकिएको छैन ।

आन्तिक रुपमा बैंक, बित्तीय संस्था, उद्योग लगायत संचालनमा रहँदा सर्वसाधरणको हिड्डुल पूर्ण रुपमा रोक्न नसकिएको सु्रक्षाकर्मी बताउँछन । संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेपनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । 

No description available.No description available.No description available.No description available.No description available.No description available.