कैलालीमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु

कैलालीमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु

धनगढी । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सेती अस्पतालमा उपचारको क्रममा बर्दगोरीया गाउँपालिका ५ कि ४२ बर्षिया महिलाको संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

आज कैलालीका ३ जनाको सङ्क्रमणबाट मृत्यु भइसकेको छ । यस अघि जिल्लाको गोदावरी नगरपालिका ११ का ६३वर्षीय पुरुष र लम्की चुहा १ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।