कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको महाशाखाको भनाइ छ।

शनिवार दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरूका केही स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।

राती प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन,चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।