भारतमा एकैदिन विश्वकै अहिलेसम्मकै धेरै संक्रमित फेला, ३५ सय बढीको मृत्यु

भारतमा एकैदिन विश्वकै अहिलेसम्मकै धेरै संक्रमित फेला, ३५ सय बढीको मृत्यु

भारतमा पछिल्लो २४ घण्टाभित्र ४ लाख १ हजार ९११ जना नयाँ संक्रमित थपिएका छन् । १९ लाख २० हजार जनाको पीसीआर परीक्षण  गर्दा ४ लाख १ हजार ९११ मा संक्रमण पुष्टि भएको हो । 

यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै रहेको छ । यस्तै २४ घण्टामा भारतमा ३५ सय २१ जनाले ज्यान गुमाएका छन्। त्यहाँ भारतमा एकै दिन अहिलेसम्मकै धेरै २ लाख ९८ हजार ९५१ संक्रमितले कोरोना जितेका छन्। 

भारतको महाराष्ट्रमा मात्रै ६३ हजार र कर्नाटक राज्यमा ४८ हजारमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म एक करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ ।