डडेल्धुरामा पनि आजदेखि एक हप्ताका लागि निषेधाज्ञा

डडेल्धुरामा पनि आजदेखि एक हप्ताका लागि निषेधाज्ञा

डडेल्धुरा । डडेल्धुरामा पनि आइतबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी भएको छ।

विश्वभर फैलिएको नयाँ भिरियन्टसहितको कोरोना भाइरसको संक्रमण दर जिल्लामा पनि उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक हप्ता निषेधाज्ञा जारी गरेको हो।

आइतबार बिहान ६ बजेदेखि २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।

शुक्रबार बसेको जिल्ला स्तरीय सर्वदलीय, सर्वपक्षीय बैठकले निर्णय लकडाउन गर्ने निर्णय गरेको गरेको थियो। निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन्।