बझाङमा आईतबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि

बझाङमा आईतबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि

बझाङ । बझाङमा आईतबबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङमा ७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २२ जनामा संक्रमण देखिएको कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १८९ पुगेको छ भने ३ जनाको मृत्यु भईसकेको छ । जिल्ला भरि ७२४ जनाको एन्टिजेन विधि बाट परिक्षण गरिएकोमा १८९ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाको संक्रमणदर बढ्दै गएपछि सोमबार देखि एक हप्ताका लागि निषेधाज्ञा गरिने भएको छ ।

मालबाहक ट्रक, एम्बलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधन चलाउन नपाइने र अत्यावश्यक कामका लागि सवारी पास अनिवार्य गरिएको छ।