गजल

गजल

जब जान अन्जान झुठमा ,लगानी हुन्छ    
बिस्तारै त्यस्को नतिजामा,ग्लानी हुन्छ

बुढी आमा बोझ मान्ने,छोराको नजरमा 
खै  कसरी  अर्काको  छोरी  रानी हुन्छ

गरिरहनु भन्दा सधैं अर्काको चियोचर्चो
पढ्नुहोस,आफ्नै जिन्दगी कहानी हुन्छ 

चाहेर पनि रोक्न नसकिने,दुई चिजमा 
एउटा जवानी  हुन्छ  अर्को पानी हुन्छ 

सोध्नु छ एकदिन ती युगल जोडि लाई
मायामा नाफा हुन्छ कि नोक्सानी हुन्छ ।।