पहाडी जिल्लाहरुमा पनि कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिमका ६ जिल्लामा निषेधाज्ञा जारी

पहाडी जिल्लाहरुमा पनि कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिमका ६ जिल्लामा निषेधाज्ञा जारी

सुदूरपश्चिमका ६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । कैलाली हुँदैं कञ्चनपुर सहित पहाडी जिल्लाहरुमा पनि कोरोना संक्रमण बढ्न थालेपछि निषेधाज्ञा जारी भएको हो ।

बैतडी र बझांगमा सोमबारदेखि निषेधाज्ञा जारी भएको छ । अन्य जिल्लाहरुमा भने जारी रहेको छ । यसअघि कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा निषेधाज्ञा जारी भएको थियो । दार्चुलामा आशिंक निषेधाज्ञा जारी भएको छ । सुदूरपश्चिम प्रदेशका बाजुरा डोटी र अछाममा भने निषेधाज्ञा जारी गरिएको छैन् ।

बैतडीमा निषेधाज्ञा सोमबारदेखि सुरु भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बैतडीमा सोमाबार विहान ६ बजेबाट निषेधाज्ञा जारी भएको छ । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् । उता बझाङमा कोरोनाको संक्रमण दर बढ्दै गएपछि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिएको छ ।

केन्द्रीय सरकारको मन्त्री परिषदले ५ सय बढी संक्रिय संक्रमित रहेको तराईको जिल्लामा निषेधाज्ञा गर्न निर्देशन दिएपछि थप गरेको प्रजिअ रिजालले जानकारी दिए । कैलालीमा १ हजार बढी संक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।