प्रधानमन्त्रीलाई विश्वासको मत लिन राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभाको अधिवेशन

प्रधानमन्त्रीलाई विश्वासको मत लिन राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभाको अधिवेशन

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन् । 

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको लिन राष्ट्रपतिले यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएकी हुन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले सोही प्रयोजनका लागि’ सो दिन अपराह्न १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

rastrapati.JPG