अर्को महामारीका लागि तम्तयार छन् वैज्ञानिक, पत्ता लगाए भाइरस

अर्को महामारीका लागि तम्तयार छन् वैज्ञानिक, पत्ता लगाए भाइरस

कोरोना महामारीले संसारलाई आक्रान्त पारिरहेकोमा वैज्ञानिकहरूले अर्को महामारी के होला भनी पत्ता लगाएका छन् । कुन देशमा कुन जीवबाट महामारी फैलिनेछ र यसलाई कसरी फैलिन नदिने भनेर पनि उनीहरूले जानकारी दिएका छन् । 

वैज्ञानिकहरूका अनुसार, ब्राजिलको अमेजन जंगलमा रहेका चमेरा, बाँदर र मुसाका कतिपय प्रजातिमा भेटिने ब्याक्टेरिया र भाइरसबाट महामारी फैलिनेछ । 

ब्राजिलको मानाउसमा रहेको फेडरल युनिभर्सिटी अफ अमेजोनासका जीववैज्ञानिक मार्सेलो गोर्डो र उनको टोलीले कूलरमा तीनवटा पाइड ट्यामरिन बाँदरहरूको कुहिएको लाश फेला पारे । 
 

कूलरलाई कसैले बन्द गरेपछि बाँदरहरूको लाश कुहिएको थियो । मार्सेलोले शवबाट स्याम्पल लिए र फियोक्रुज अमेजोनिया बायोबैंक लगे । उनलाई अर्का जीववैज्ञानिक अलेसान्द्रा नावाले सहयोग गरिन् । उनीहरूले लाशबाट परजीवी कीरा, भाइरस र अन्य संक्रामक एजेन्ट फेला पारे ।

अलेसान्द्राका अनुसार, मानिसहरूले जंगलमा कब्जा गरेकाले त्यहाँ बस्ने जीवहरूमा भएको भाइरस, ब्याक्टेरिया र रोगाणुहरू आफूमा सारिरहेका छन् । 

ब्राजिलको मानाउसमा घना जंगल छ । संसारभरिका चमेराका १४ सय प्रजातिमध्ये १२ प्रतिशत अमेजन जंगलमा पाइन्छन् । अनि बाँदर र मुसा पनि जंगलमा प्रशस्त छन् । ती जीवहरूमा रोगाणु हुन्छन् । 

ती कुनै पनि बेलामा मानिसहरूमा सरेर महामारीको रूप लिन सक्छन् । वनजंगल जोगाएमा यस्ता महामारीबाट बच्न सकिने वैज्ञानिकहरूको कथन छ ।