निषेधाज्ञामा थप कडाइ गरिन्छ : प्रधानमन्त्री ओली

धनगढी खबर    

निषेधाज्ञामा थप कडाइ गरिन्छ : प्रधानमन्त्री ओली
फाइल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो ।

उहाँले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गर्नुभएको छ । स्वास्थ्य मापदण्डकाे पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने उहाँकाे भनाइ छ । 

काेराेना सङ्क्रमणकाे पहिलाे लहरमा अपनाइएकाे सावधानीका कारण महामारी फैलिन नपाएकाे र अहिले दाेस्राे लहरमा पनि त्यस्तै सावधानी अपनाउन ओलीले जाेड दिनुभयाे । 



सोमबार २०, बैशाख २०७८ ०४:०७ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस