गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न सरकारको सिफारिस

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न सरकारको सिफारिस

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको छ। 

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी दुई प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। 

सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त (त्रिपाठी) र गण्डकीमा अमिक शेरचन प्रदेश प्रमुख छन्। दुवै जना माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका थिए।