धनगढीमा करेन्ट तयारी चाउचाउको लञ्चिङ र रोड शो

धनगढीमा करेन्ट तयारी चाउचाउको लञ्चिङ र रोड शो

धनगढी । यशोदा फुड्स प्रा ली ले उत्पादन गरेको करेण्ट तयारी चाउचाउको लञ्चीड़्ग कार्यक्रम र रोड शो  आज धनगढीमा सम्पन्न भएको छ । यो संगै चाउचाउको कारोवार समेत आज देखि शुभारम्भ गरीएको छ।

यस अवसरमा  मुख्य बजारमा  मौलिक कला सॅस्कृतीलाई झल्काउने खालका सास्कृतीक झाकी सहित धनगढीका विभिन्न क्षेत्रहरुमा व्यापक र्याली सहित चाउचाउको प्रचार प्रसार गरेको छ।

कार्यक्रमको शुभारम्भ यशोदा फुड्स प्रा ली का कर्पोरेट म्यानेजर छवि लाल शर्माको नेतृत्वमा सम्पन्न भएको हो । कम्पनीले यस अघि पूर्व नेपालको  विर्तामोड, दमक, फिदिम, ताप्लेजुङ ,तेह्रथुम, बनेपा,  र पश्चिम नेपालको बुटवल, भैरहवा, नेपालगंज, सुर्खेत, पोखरा,दाङ लगाएतका देशका विभिन्न मुख्य शहरहरुमा लञ्चीड़्गको कार्यक्रम सम्पन्न गरिसकेको छ।

यस कम्पनीले हाल सम्म विभिन्न उत्पादनहरु लाली, जुप्पी, ओप्पो, लगाएत बिभिन्न ब्राण्डका उत्पादनहरु बजारमा ल्याएको छ। बजार मुल्य १८ रुपैया रहेको उक्त चाउचाउको तौल ७५ ग्राम रहेको छ। अत्याधुनिक प्रविधी बाट तयार गरिएको उक्त चाउचाउ गुणस्तरीय तथा स्वादिलो रहेको र हरेक प्याकेट भित्र कुपन रहेको र कुपन भित्र सुन चांदीका सिक्का सहित मोबाइल साइकिल क्रिकेट बल ब्याट लगायत विभिन्न आकर्षक पुरस्कारहरु रहेको कम्पनीका ब्राण्ड म्यानेजर रजित खड्काले जानकारी गराउनु भयो।

चाउचाउको धनगढीका लागी अधिकृत विक्रेता गोलादेउ टे«डस रहेको छ । रोड शोमा कम्पनिका एरिया म्यानेजर विष्ण्ु ढकाल, सिनिएर सेल्स अफीसर भरत ठकुल्ला र सेल्स अफिसर निर्मल भट्ट लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।