आइपीएलमा मुम्बई र हैदरावाद खेल्दै

आइपीएलमा मुम्बई र हैदरावाद खेल्दै

इन्डियन प्रिमियर लिगमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादविच प्रतिस्पर्धा हुँदैछ । लिगको पुछारमा रहेको हैदरावाद र मुम्बई विचको खेल नेपाली समय अनुसार राती पौने आठ बजेबाट सुरु हुनेछ ।

दिल्लीमा हुने खेलमा हैदरावाद दोस्रो जितको लक्ष्यमा हुनेछ । उसले अहिलेसम्म खेलको सात खेलमा ६ खेल हारेको छ भने एक खेलमात्र जितेको छ ।

यो सिजनमा खराव प्रदर्शन गरेको भन्दै कप्तान डेविड वार्नरलाई हटाएर केन विलियम्सनलाई नयाँ जिम्मेवारी दिएको थियो । तर उनको कप्तानीमा पहिलो खेल खेलेको हैदरावादले त्यसमा पनि हार ब्यहोरेको थियो ।

यता लिगको चौथो स्थानमा रहेको मुम्बई इन्डियन्सले सात खेलमा चार जित र तीन हार ब्यहोरेको छ । आज खराव लयमा रहेको हैदरावादलाई हराउँदै मुम्बई शिर्ष चारको यात्रा बलियो बनाउने लक्ष्यमा हुनेछ ।

यी दुई टिम पछिल्ला पाँच खेलमा आमनेसामने हुँदा चार खेल मुम्बईले जितेको थियो भने एक खेल हैदरावादको पक्षमा गएको थियो । जारी सिजनमा पहिलो चरणको खेलमा पनि मुम्बईले हैदरावादलाई १३ रनले हराएको थियो ।

आज उसलाई त्यो हारको बदला लिनुका साथै लगातारको हारमा पुर्णविराम लगाउने मौका हुनेछ ।