स्वास्थ्य निर्देशनालय डोटीले अघि बढायो अक्सिजन सिलिण्डर खरिद प्रक्रिया

धनगढी खबर    

स्वास्थ्य निर्देशनालय डोटीले अघि बढायो अक्सिजन सिलिण्डर खरिद प्रक्रिया

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सेन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको छ। निर्देशनालयले ‘विशेष परिस्थितिमा तत्काल खरिद गर्नुपर्ने भएको’ भन्दै मंगलबार एक सूचना प्रकाशित गरेको छ।

निर्देशनालयले १० लिटरको २०० र ४६ लिटरको ३०० थान अक्सिजन सिलिण्डर खरिद गर्न चाहेको छ। यसैगरी ५ लिटर क्षमताका ४० र १० लिटर क्षमताका ६० थान अक्सिजन कन्सेन्ट्रेटर खरिदका लागि पनि प्रस्ताव आह्वान गरिएको छ।

आपूर्तिकर्तालाई आवश्यक कागजातसहित तीन दिनभित्र मूल्यको उचित प्रस्ताव पेश गर्न भनिएको छ। आपूर्तिकर्तालाई मूल्य र आपूर्ति गर्नसक्ने समय अवधिसहितको प्रस्ताव, अद्यावधिक कम्पनी वा फर्म दर्ता प्रमाणपत्र, प्यान/भ्याट दर्ता प्रमाणपत्र, आर्थिक वर्ष ०७६/७७ को चुक्ता प्रमाणपत्र, क्याटलग÷डाटासिट र गुणस्तर प्रमाणपत्र आफ्नो आधिकारिक इमेलबाट निर्देशनालयको इमेल ठेगानामा वैशाख २४ गते साँझ ५ बजेभित्र पठाउन भनिएको छ ।



मङ्गलबार २१, बैशाख २०७८ १०:३४ मा प्रकाशित

#स्वास्थ्य निर्देशनालय

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस