गेटा मेडिकल कलेजमा २ हजार बेडको आइसोलेसन सेन्टर बनाउन काम सुरू

गेटा मेडिकल कलेजमा २ हजार बेडको आइसोलेसन सेन्टर बनाउन काम सुरू

धनगढी । गेटा मेडिकल कलेजमा २ हजार बेड क्षमताको आइसोलेसन निर्माण कार्य सुरू भएको छ ।

संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना फोकल पर्सन तोकेर पठाएका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले उक्त काम थालेका हुन् ।

जिल्ला प्रशाशन कार्यालय कैलालीले व्यवस्थापन गर्ने गरी निर्माण हुन लागेको आइसोलेसन सेन्टर बनाउन सेना र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आइसोलेसनका लागि पूर्वाधार तयार पार्न सेना र सशस्त्र प्रहरी खटिएको बताए।

‘सेना, सशस्त्र प्रहरी र २ नगरपालिकाले काम सुरू गरिसके,’ उनले भने। स्वास्थ्य मन्त्रालयले आर्थिक सहयोग गर्ने, निर्माणका लागि स्रोत साधन सेना, सशस्त्र प्रहरीले संयुक्त रूपमा उपलब्ध गराउने उनले बताए।