भारतमा ३ लाख ५७ हजार बढी नयाँ संक्रमित थपिए, ३ हजार ४ सय बढीको मृत्यु

भारतमा ३ लाख ५७ हजार बढी नयाँ संक्रमित थपिए, ३ हजार ४ सय बढीको मृत्यु

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमणको रफ्तार केही कम भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतको विभिन्न राज्यहरुमा ३ लाख ५७ हजार २२९ जना नयाँ संक्रमितहरु थपिएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितहरुको कुल संख्या २ करोड नाघेको छ । मन्त्रालयका अनुसार भारतमा संक्रमितहरुको कुल संख्या २ करोड २ लाख ८२ हजार ८३३ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा भारतका विभिन्न अस्पतालहरुबाट ३ लाख २० हजार २८९ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । योसँगै भारतमा निको भएर घर फर्किनेहरुको संख्या १ करोड ६६ लाख १३ हजार २९२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४४९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको २ लाख २२ हजार ४०८ पुगेको छ ।

हाल भारतमा कोरोनाका सक्रिय संक्रमितहरुको संख्या बढेर ३५ लाख नजिक पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार सोमबार मात्र १६ लाख ६३ हजार ७४२ वटा कोरोनाको स्पाम्पल टेष्ट गरिएको छ ।

हालसम्म भारतमा कुल २९ करोड ३३ लाख १० हजार ७७९ पटक कोरोनाको स्याम्पल टेष्ट गरिएको जानकारी गराइएको छ ।