आजदेखि सबै आन्तरिक उडानहरु बन्द

आजदेखि सबै आन्तरिक उडानहरु बन्द

सबै आन्तरिक उडानहरु बन्द भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आइतवार बसेको मन्त्रिपरिषद् बैठकले गएरातिदेखि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार देशभरका सबै आन्तरिक उडानहरु बन्द भएका छन् । यस्तै आउँदो बिहीवारदेखि भारतबाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान बन्द हुनेछन् । सरकारले नेपाल भारतबीच एयर बलमा आधारित उडान भने कायम नै राखेको छ ।

भारतसँगको उडान पनि सङ्ख्या घटाएर हप्तामा दुईवटा कायम गरेको छ । ती उडानबाट नेपाल आउँदा अनिवार्य १० दिन सरकारले तोकेकाे होटेल क्वरेण्टीनमा बस्नुपर्ने छ ।