कोरोना संक्रमण भएका न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको मृत्यु भएको छ। खड्काको उपचारका क्रममा सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा मृत्यु भएको हो।
कोरोना संक्रमण देखिएर स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए। अस्पतालका प्रमुख एसएसपी डा. रुपक महर्जनका अनुसार उनको बिहान निधन भएको हो । खड्का सुगर र प्रेसरका बिरामी थिए ।
उनी २०७६ पुसमा न्याय परिषद सदस्यमा नियुक्त भएका थिए। काठमाडौंको मित्रपार्कका उनी लामो समय कानुन व्यवसायमा सक्रिय थिए। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा उनी महान्यायाधीवक्तासमेत रहेका थिए।