धनगढी सहित देशका यी स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी

धनगढी सहित देशका यी स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी

 बुधबार देशको सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित पानी परेको छ।
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको देखिन्छ । 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । 

देशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।