कर तिर्ने समय थप गर्न सम्बन्धित सबै निकायहरूलाई नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको आग्रह

कर तिर्ने समय थप गर्न सम्बन्धित सबै निकायहरूलाई नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको आग्रह

धनगढी । कर राजस्व दाखिला गर्ने समया अवधि थप गर्न सम्बन्धित सबै निकायहरूलाई नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले आग्रह गरेको छ ।

मङ्गलवार एक विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले कोरोना भाइरस (कोभिड-१९) को महामारीले सिर्जित लकडाउनका कारण उद्योग, व्यापार, व्यवसाय बन्दर रहेको र अझै केही महिना व्यवसायहरू सञ्चालन गर्न सकिने अवस्था नरहेकोले परिस्थिति सहज नहुन्जेल सम्मका लागि म्याद थप लगायतका जरिवाना छुटको व्यवस्था गर्न सम्बन्धित सबै निकायहरूलाई आग्रह गरेको हो ।

संघका अध्यक्ष शंकर बोगटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'कोभिड १९ को महामारीको पहिलो चरणको लगभग ६,७ महिनाको लकडाउन पश्चात् स्थिति राम्रो सँग सुधार हुन नपाउँदै कोरोना महामारीको दोस्रो लहर भयावह रूपमा बढेकोले वैशाख १६ गते देखी सुदूरका सबै जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ । सोको पालना गर्दै आम उद्योगी व्यवसायीहरूले आ-आफ्नो व्यवसाय पूर्ण रूपमा बन्द गरी घरमै बसी रहेका छन् । भने कतिपयलाई कोरोना सङ्क्रमण भई आइसोलेसनमा रहेको जानकारी गराउँद छौँ ।' 

साथै यस्तो भयावह अवस्थामा मूल्यवृद्धि कर तथा अन्तःशुल्क मास्केवारी तथा कर राजस्वहरू दाखिला गर्न सकिने अवस्था नरहेकोले परिस्थिति सहज नहुन्जेल सम्पूर्ण कर तथा राजस्व दाखिला गर्ने म्याद तथा गरिदिन हुन सम्बन्धित सबै निकायहरूमा नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश आग्रह गर्दछ । महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

No description available.