विश्व कुष्ठरोग दिवस देशभरी मलाइँदै

विश्व कुष्ठरोग दिवस देशभरी मलाइँदै

६६ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।यस वर्षको विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य’ तय गरिएको छ ।

सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि हाल शून्य दशमलव ९४ प्रतिशत मानिसमा कुष्ठरोग रहेको सरकारी तथ्यांक छ ।नेपालबाट सन् २०१० मा नै कुष्ठरोग निवारण भएको घोषणा गरिएको भए पनि हरेक वर्ष ३ हजार नयाँ बिरामी थपिने गरेको सरकारी तथ्यांक छ ।

कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले यस वर्ष ३ हजार १ सय ८६ नयाँ कुष्ठरोगी पत्ता लागेको जनाएको छ ।नेपालमा अहिलेसम्म १८ हजार ५ सय जनाको कुष्ठरोग पूर्णरुपमा निको भइसकेको छ भने ३० हजार व्यक्ति कुष्ठरोगबाट अपांग भएका छन् ।छाला र नशामा देखिने कुष्ठरोग लेप्रा भन्ने किटाणुका कारण लाग्ने गर्दछ । कुष्ठरोग वंशाणुगत रोग भने होइन् ।

 ६६ औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थयकर्मीहरुले रोग लागिसकेपछि यो रोगले निकै पीडा दिने भएकोले यसलाई गम्भीर रुपमा लिएर निवारणमा हातेमालो गर्न आग्रह गरेका छन् ।

रोगलाई निवारण गर्न यस रोगको बारेमा रहेको परम्परागत धारणाबाट बाहिर आउनुपर्ने र शरीरमा कुनै प्रकारको लाटो दाग देखिनासाथ स्वास्थ्य संस्थामा गएर जचाउनु आवश्यक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन ।