आज कहाँ कहाँ पानी पर्छ ? हेर्नुहोस् मौसम

आज कहाँ कहाँ पानी पर्छ ? हेर्नुहोस् मौसम

काठमाडौं । शनिबार देशको पहाडी भू-भागका केहि स्थान तथा प्रदेश नं १ को तराई भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भुभाग नजिक रहेको पूर्व- पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको देखिन्छ । 

आज दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। यस्तै देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । 

देशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकि प्रदेशहरुका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।