अछाममा चट्याङले एक घर ध्वस्त

अछाममा चट्याङले एक घर ध्वस्त

अछाम ; अछाम जिल्लाको रामारोशन गाउपालिका वडा नम्बर ५ मा चट्याङ पर्दा एक घरमा पुर्ण क्षती भएको छ भने ४ पशुचौपाया मरेका छन ।

आज बिहान ५ बजे रामारोशन गाउपालिका वडा नम्बर ५ को वडा कार्यालय नजिक स्थानीय जोगि बटालाको घरमा परेको चट्याङले घर पुर्ण रुपमा क्षती हुनुका साथै छिमेकीको २ भैंसी र २ बाख्रा मरेको स्थानीय खडक सिं रोकायाले बताउनु भएको छ ।

घरमा सबै परिवार सुतिरहेको अवस्थामा एक्कासि चट्याङ परेपछि घरको झ्याल, ढोका र पाखामा पुर्ण रुपमा क्षती भएपनि मानविय क्षती भने नभएको बताईएको छ ।

सोहि चट्याङले स्थानीय गङ्ग बहादुर शाह र प्रेम शाहको एक एक भैंसी, प्रकाश बहादुर शाह र प्रेम बहादुर शाहको एक एक वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहिले बताउनु भएको छ ।