लापर्बाहीका कारण नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलियो : प्रधानमन्त्री ओली

लापर्बाहीका कारण नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनु भएको छ । आज दिउँसो १२ बजे अमेरिकी टेलिभिजन सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्ध लागू गरिएको र अहिलेसम्म नेपालमा यो महामारी नियन्त्रणमा रहेको दाबी गर्नुभयो ।

उहाँले लापर्बाहीका कारण नेपालमा संक्रमण फैलिएको पनि स्वीकार गर्नु भएको छ । महामारीकै बीचमा राजनीतिक प्रदर्शन, सभा र जुलुस गरेर राजनीतिक दलले गलत गरेको उहाँको भनाइ छ । उहाँले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल गरिरहेको पनि बताउनुभयो ।

यस्तै, उहाँले काेराेना विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पनि आग्रह गर्नु भएको छ ।