कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण पूर्व भूभाग नजिक रहेको छ । 

पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण वर्षाको अनुमान गरिएको हो।

दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा बदली रहने छ। साथै देशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति पनि वर्षाको सम्भावना छ।

सोमबार दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहने पनि महाशाखाले जनाएको छ।