नायिका वर्षा राउतलाई कोरोना 'पोजिटिभ'

नायिका वर्षा राउतलाई कोरोना 'पोजिटिभ'

नायिका वर्षा राउतलाई कोरोना 'पोजिटिभ' देखिएको छ। नायिका राउतले सामाजिक सञ्‍जाल इन्टाग्राममार्फत् उक्त जानकारी दिएकी हुन्।

उनले गन्ध हराएको र खोकी लागिरहेका कारण कोरोना परीक्षण गराएको उल्लेख गरेकी छिन्। साथै, अहिले आफू ठीक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छन्।

वर्षाले चाँडै नै ठीक भएर काममा फर्किने अपेक्षा व्यक्त गर्दै सबैलाई सुरक्षित रहनसमेत आग्रह गरेकी छन्।