दिर्घरोगीका बिरामीलाई आलिताल गाउँपालिकाका अध्यक्षले नि: शुल्क औषधि उपलब्ध गराउने

दिर्घरोगीका बिरामीलाई आलिताल गाउँपालिकाका अध्यक्षले नि: शुल्क औषधि उपलब्ध गराउने

डडेल्धुरा। दिनानुदिन कोरोना संक्रमण बढ्दै गएपछी  लामो समयदेखी लकडाउन भएको छ। लकडाउनका कारण सम्पुर्ण नागरिकहरु घरभित्र थुनिन बाध्य भएका छन। त्यसकारण दिर्घरोगी हरुका लागि आवस्यक पर्ने औषधि उपलब्धतामा समस्या भएको हुनसक्ने भन्दै डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङको पहलमा दिर्घरोगीहरुका लागि आधारभुत स्वास्थ्य सेवा केन्द्रहरू मार्फत नि:शुल्क औषधि उपलब्ध गराउने कुरा उनले सामाजिक संजाल मार्फत गाउँपालिका अन्तर्गतका नागरिकहरुलाई जानकारी गराएका छ्न । दिर्घरोगीहरुका समस्यालाई मध्यनजर गर्दै लकडाउनका कारण औषधि ल्याउन समस्या रहेको अवस्था देखिएपछी अध्यक्ष गुरुङले सम्पुर्ण गाउँपालिका बासीसंग सम्बन्धीत आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरि  सम्पुर्ण दिर्घरोगी नागरिकहरुले डाक्टरको प्रेस्कृप्सन सहित पाँच दिन भित्र विवरण बुझाउन समेत आग्रह गरेका छन। 
उनले सामाजिक संजालमा यसो लेखेका छ्न; "आलिताल गाउँपालिकाबाट पालिका अन्तर्गगतका दीर्घराेगी नागरिकहरूलाई आधारभुत स्वास्थ्य सेवा केन्द्रहरू मार्फत नि:शुल्क औषधी उपलब्ध गराईने भएकाेले सम्बन्धित नागरिकहरूले डाक्टरकाे प्रेस्कृप्सन सहित आफ्नाे वडा कार्यालयमा सम्पर्क गरि ५ दिन भित्र विवरण दर्ता गराउनहुन अनुराेध गर्दछु ।"