हंगकंगका बाबर हायात र पाकिस्तानका राजा अलि डर डिपिएलमा रुपन्देहीबाट खेल्ने

हंगकंगका बाबर हायात र पाकिस्तानका राजा अलि डर डिपिएलमा रुपन्देहीबाट खेल्ने

हंगकंग राष्ट्रिय क्रिकेटर तथा पुर्व कप्तान बाबर हायातले धनगढी प्रिमियर लिग(डिपीएल) खेल्ने पक्का भएको छ ।

धनगढी प्रिमियर लिग यही माघ २६ गते देखि धनगढीमा सुरु हुँदैछ जसमा ६ टोलिको सहभागिता रहनेछ ।

प्रतियोगितालाई यसै हफ्ता अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषदले मान्यता दिएपछि सहभागी टिमहरुले बिदेशी खेलाडीको नाम घोषणा गरेका हुन्। डिपिएलमा सहभागी प्रत्येक टिमले २ जना खेलाडीहरु अन्तिम–११ मा राख्नैपर्ने नियम रहेको छ ।

हंगकंग क्रिकेटर तथा नेपाली घरेलु क्रिकेटमा तहल्का मचाईसकेका बाबर हायात यो सिजन डिपीएलमा रुपन्देही च्यालेन्जर्समा आबद्ध भएका छन ।

यस्तै पाकिस्तानको प्रथम श्रेणी क्रिकेटर तथा बंगलादेश प्रिमियर लिगको अनुभव बटुलीसकेका राजा अलि डरलाई पनि रुपन्देहीले टिममा अनुबन्ध गरेको छ । धनगढी प्रिमियर लिग आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार प्रेस बिज्ञप्ति जारि गर्दै खेलाडीहरुको घोषणा गरेको हो ।

रुपन्देहीमा यो सिजन बसन्त रेग्मी रणनीतिक खेलाडी रहेका छन्। अक्सनबाट टिमले बिनोद भण्डारी, ललित भण्डारी, भिम शार्की, प्रदिप ऐरि, सन्दिप सुनार, बिक्रम सोब, कृष्ण कार्की, सुमित महर्जन, अनिल खरेल, पुरन बिक, सुरज दराई र शेर मल्ललाई किनेको थियो ।