सुदुर पश्चिम प्रदेशका जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित (विज्ञप्ति सहित)

सुदुर पश्चिम प्रदेशका जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित (विज्ञप्ति सहित)

धनगढी : सुदुर पश्चिम प्रदेश भरीका जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित भएका छन् । संघिय र प्रदेस सरकारले आफुहरुलाई मातहतको निकाय नमानेको भन्दै आन्दोलित भएका हुन ।

उनिहरुले आफुहरु पनि जनतावाट निर्वाचित भएर आएको भए पनि मर्यादाक्रममा सरकारले कुनै स्थान नदिएको भन्दै आन्दोलित भएका छन । उनिहरुले आगामी फागुन मसान्त सम्म आफुहरुको मर्यादाक्रम स्पस्ट नगरिए राजीनामा दिने चेतावनी समेत दिएका छन् ।

सुदुर पश्चिम प्रदेश भरीका जिल्ला समन्वय समितिका सदस्यहरुले मर्यादाक्रम र भूमिका स्पस्ट नभएको भन्दै आन्दोलित भएका हुन । उनिहरुले आफुहरुको भूमिका स्पस्ट नभएकोले सार्वजनिक कार्यक्रम जिल्ला समन्वय समितिको बैठक समेत बहिस्कार गर्ने निर्णय समेत गरेका हुन ।

कैलालीको धनगढीका आयोजित पत्रकार सम्मेलनमा बैठकको निर्णय सुनाउदै एक जना जिल्ला समन्वय समितिका सदस्य टेक बहादुर बुढाले यस्तो बताएका हुन । नेपाल सरकारले दुईदुई पटक निवार्चित भएका जनप्रतिनिधी भए पनि आफुलाई हक र अधिकार नदिई आफुहरुलाई सौतेलो ब्यबहार गरेकोले आन्दोलित हुनु परेको उनिहरुको भनाई छ ।

जिल्ला समन्वय समितिका सदस्यहरुले आफ्ना हक र अधिकारका बिषयमा पटक पटक आन्दोलन गरे पनि सरकारले मागको सुनुवाई नगरेको बताएका छन् । वडा अध्यक्ष भन्दा पनि तल्लो स्तरको ब्यबहार गरी सरकारले तानासाही शैलीको ब्यवहार गरेको सदस्यहरुको आरोप छ ।

जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमखको मात्र मर्यादा क्रम तोकेको भन्दै आफुले आन्दोलन गरेको टेक बहादुर विक बताए । आफुहरुको यो अन्तिम आन्दोलन भएको बताउदै फागुन मसान्त सम्म आफुहरुको मर्यादा क्रम र काम कार्वाहीहरु स्पस्ट नभए चैत्र एक गते सुदुरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका समन्वय समितिका सदस्यहरुले सामुहिक राजीनमा दिने जिल्ला समन्वय समिति डोटीका सदस्य तुलसी सावदले बताइन् ।

जिल्ला समितीका पदाधिकारीहरुले सेवा सुबिधाहरु प्रदेश अनुरुप फरक फरक भएकोले एकरुपता गर्नु पर्ने, संबिधानले प्रदान गरको काम कर्तब्यलाई प्रभावकारी बनाउन आबश्यक वजेटको ब्यबस्था प्रदेश सरकारले गर्नु पर्ने समेत माग उनीहरुले गरेका छन ।