आजको मौसम : पहाडी भू-भागमा बदली, केही स्थानमा वर्षा हुने

आजको मौसम : पहाडी भू-भागमा बदली, केही स्थानमा वर्षा हुने

काठमाडौं | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ। 

पश्चिमी न्यून चापीय प्रणाली र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले केही स्थानमा केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

मंगलबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ। बाँकी भू–भागमामा आंशिक बदली रहेको छ। दिउँसो  देशको पहाडी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ। यस्तै, देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।