डोटी : डोटीमा गर्भवति महिलामाथी जवरजस्ती करणी गर्न खोज्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीले महिलालाई करणी गर्न खोज्ने डोटी पूर्विचौकी गाउँपालिकाका ४० बर्र्षिय जया कोलीलाई पक्राउ गरेको जनाएको छ ।
कोलीले डोटीको पुर्विचौकी गाँउपालिकाका बस्ने गर्भवति महिलालाई जवरजस्ती करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लाल बहादुर धामीले जानकारी दिए ।
आफन्तको घरमा सामान पुराई आफ्नो घर फर्कने क्रममा शनिवार बाटोमा उनलाई बलात्कारको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ । महिला कराएपछि कोली भागेका थिए ।
महिलाको स्वास्थ्य जाँच गर्दा गर्भको बच्चा सकुसल रहेको रहेको प्रहरीले जनाएको छ । जवरजस्तीकरणीको प्रयास गर्ने युवकलाई प्रहरी पक्राउ गरी अनुसन्धानको प्रक्रिया अगडी बढाएको छ ।
करणी प्रयास गर्ने कोली माथि आईतबार जवरजस्तीकरणी उद्योग सम्वन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।