कञ्चनपुर । लागु औषधसहित कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्बर २ क्याम्पस्थित बा ४२ प ५४४६ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।
थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर १० तिलकेनीका २१ वर्षीय लक्ष्मण धामी र बझाङको बुगंल नगरपालिका वडा नम्बर ८ जजल्लीका २२ वर्षीय नरेन्द्र जाग्री रहेको छन्।
उनीहरुको साथबाट लागु औषध खैरो हिरोइन जस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। १२ ग्राम २८० मिलिग्राम फेला परेको उक्त लागु औषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।