कैलालीमा अब ३ दिन मात्रै खाद्य, तरकारी तथा फलफूलका पसल खोल्न पाइने, कुन-कुन बार ?

धनगढी खबर    

कैलालीमा अब ३ दिन मात्रै खाद्य, तरकारी तथा फलफूलका पसल खोल्न पाइने, कुन-कुन बार ?

धनगढी । कैलालीमा अब हप्ताको ३ दिन मात्रै खाद्य, तरकारी तथा फलफूलका पसल खोल्न पाइने भएको छ ।

कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले जिल्लामा जारी निषेधाज्ञालाई जेठ ६ गतेसम्म निरन्तरता दिने र थप कडाई गर्ने निर्णय समेत गरेको छ ।

यसअघि हप्ताको सातै दिन खुलिरहेका खाद्य, तरकारी तथा फलफूलका पसल अब ३ दिन मात्रै खोल्न पाइने भएको हो । बिहान ६ बजेदेखि ९ बजेसम्म जनस्वास्थ्य र सुरक्षाका सम्पुर्ण मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नपर्ने छ । 

स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल बाहेक तरकारी, फलफूल तथा खाद्य वस्तुका पसलरव्यवसायहरु हरेक मंगलबार, बिहिबार र शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

No description available.



मङ्गलबार २८, बैशाख २०७८ ०१:१२ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस