कृष्णको उपचारमा कति लाग्छ खर्च ?

कृष्णको उपचारमा कति लाग्छ खर्च ?

विद्युत प्राविधिक पढेका उनी तुल्सीपुरमा विद्युत विस्तार गर्दै आएका थिए। उनको जीवन राम्रै चल्दै थियो तर गएको जेठमा करेन्ट लागेर उनले दुई हात र एक खुट्टा नै गुमाउनु पर्यो। उनीमाथि ११ हजार भोल्टेजको करेन्ट लागेको थियो।

हेर्दा गहुँगोरो, उमेरले २१ नाघेका रुकुमको सानोभिरे गाउँपालिकामा जन्मिएका कृष्ण ओली एक विद्युत प्राविधिक हुन्। झट्ट अनुहारमा हेर्दा हँसिला देखिन्छन्। तर अनुहारबाट आँखा तल झार्दै गर्दा आँखामा आँशु भरिएर आउन थाल्छ।उनीमाथि ठूलो बज्रपात आइलागेको छ।

त्यसपछिका दिन उनलाई उनकी श्रीमती रुपाले निकै साथ दिइन्।उनीहरुलाई कति पिर पर्यो होला त्यो कि कृष्णलाई थाहा होला कि रुपालाई नै। हातखुट्टाको अपरेशन गर्दागर्दै उनीहरु ४५ लाख ऋणमा परिसकेका थिए। तर अहिले उनीहरुको अनुहारमा फेरि एक पटक खुशी छाएको छ।

उनलाई देश तथा विदेशबाट झण्डै २ करोड बराबरको रकम सहयोग स्वरुप जुटेको छ।कृष्ण ओलीलाई कलाकार तथा संचारकर्मी शीशीर भण्डारीले सहयोगको सुरुवात गरेका थिए। उनले मात्रै २ पटक गरेर २१ लाख रुपैयाँ प्रदान गरि सकेका छन्।

त्यस्तै अमेरिकामा बसोवास गर्ने नेपाली मुलका भुटानी नागरिकले चलाएको फण्ड रिलिजमा मात्रै ९५ लाख रकम जुटेको छ। तर त्यो रकम हस्तान्तरण भने गरिसकेका छैनन्।अब नेपाल आएर पत्रकार सम्मेलनमार्फत त्यो रकम हस्तान्तरण गर्ने कृष्ण ओलीले जना एका छन्।

अहिलेसम्म उनीहरुको हातमा १ करोड १५ लाख रुपैयाँ परिसकेको छ। आपत विपतका बेला एकजुट हुने नेपालीहरुले फेरि एकपटक त्यसको सावित गरेका छन्।उनको दुई वटै हात, एउटा खुट्टा र अर्को खुट्टाका औंला काटिएका छन्। उनले कृतिम हात र खुट्टा लगाउने भएका छन्।

कृष्णको भनाइ अनुसार उनको उपचार गर्न विदेशबाट डक्टरहरु आउने कुरा छ। उनको हातको उपचार खर्च मात्रै १ करोड २० लाख लाग्ने डक्टरहरुले बताएको कृष्णले जानकारी दिए । तर खुट्टाको उपचार खर्च कति लाग्छ त्यसको बारेमा अझै कुरा गरिएको छै न।

कृष्णले उपचारपछि कम्तिमा ६ महिना अस्पताल बस्नु पर्ने डक्टरहरुले जानकारी दिएका छन्। उनले कृतिम हात खुट्टा जोडिसकेपछि ६ महिना अस्पतालमै बसेर तालिम लिनेछन्।अझै पनि कृष्ण ओलीको खातामा पैसा आउने क्रम जारी छ। तर उनीहरुलाई ख बरै नगरी उनीहरुको नाममा पैसाको क्यम्पेन गरेको भन्ने खबरहरुले आफूहरु दुखित भएको उनले बताए। साभार जनताआवाजबाट