कस्ताे छ आजकाे माैसम ?

कस्ताे छ आजकाे माैसम ?

बुधबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहने छ। केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भूभाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

हाल देशका सुदूरपश्चिम, बाग्मती तथा प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भुभागमा सामान्य देखि पूर्ण बदली रहेको छ।

बुधबार राति प्रदेश १, प्रदेश २ र बागमति प्रदेशका तराईका भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बिहीबार देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ।