ट्याक्सी दुर्घटना, चालकसहित दुई जनाको ज्यान गयो

धनगढी खबर    

ट्याक्सी दुर्घटना, चालकसहित दुई जनाको ज्यान गयो

बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका ५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

हिजो बेलुका ८ बजे ध १ ज ५२८ नम्बरको ट्याक्सी अनियन्त्रित भएर पल्टिँदा ट्याक्सीचालकसहित दुई जनाको ज्यान गएको हो । दुर्घटनामा ट्याक्सी चालक बाग्लुङको बढिगाड गाउँपालिका ५ का ढालबहादुर भनेर चिनिने ३५ वर्षका गोकर्ण थापा र यात्रु ढोरपाटन ५ का ४० वर्षका जोकबहादुर विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

जोकबहादुरकी श्रीमती रतिकला विक भने घाइते हुनुभएकी र उहाँको उपचारका लागि काठमाण्डौ ल्याइएको प्रहरीले जनाएको छ ।



बुधबार २९, बैशाख २०७८ ०८:२२ मा प्रकाशित

#दुर्घटना

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस