सिद्धार्थ बैंकद्धारा सुदूरपश्चिम प्रदेशको कोरोना कोषमा १० लाख सहयोग

सिद्धार्थ बैंकद्धारा सुदूरपश्चिम प्रदेशको कोरोना कोषमा १० लाख सहयोग

धनगढी । सिद्धार्थ बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेश कोरोना कोषमा १० लाख रकम सहयोग गरेको छ । बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा १० लाख रकम सहयोग गरेको हो ।

सिद्धार्थ बैंकका धनगढी शाखा प्रबन्धक नितेश श्रेष्ठले १० लाखको चेक प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशवहादुर शाहलाई हस्तान्तरण गरे । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको जनाएको छ ।

यसअघि अघिल्लो बर्षको कोरोना महामारीका बेला पनि बैंकले सात वटै प्रदेशलाई १० लाखको दरले कोरोना कोषमा सहयोग गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकारलाई पनि अघिल्लो बर्ष १० लाख रकम कोराना कोषमा सहयोग गरेको सिद्धार्थ बैंकका धनगढी शाखा प्रबन्धक नितेश श्रेष्ठले जानकारी दिए ।