यस्तो छ तीन दिनको मौसम : कहाँ-कहाँ हुन्छ वर्षा ?

यस्तो छ तीन दिनको मौसम : कहाँ-कहाँ हुन्छ वर्षा ?

काठमाडौं | देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भू-भागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती प्रदेश १ सहित देशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

शुक्रबार दिउँसो देशका प्रदेश नं १ र अन्य पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भु-भागहरूमा आंशिक बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहेने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार शनिबार दिउँसो देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

राती देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।