ओलीले बोलाए एमाले स्थायी समिति बैठक

ओलीले बोलाए एमाले स्थायी समिति बैठक

प्रधानमन्त्री तथा सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको बैठक राखेका छन् । बुधबार बिहान ९ बजेका लागि उनले बैठक डाकेका हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक डाकिएको छ । संसदबाट विश्वासको मत पाउन असफल भएका ओलीले नयाँ सरकार र पार्टीको विषयमा तथा समसामयिक विषयमा छलफलका लागि बैठक राखेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज राति सकिँदैछ । त्यसपछि, संविधानको प्रावधानअनुसार ओली संसदको ठूलो दलको नेता भएकाले पुनः प्रधानमन्त्रीमा नियुक्त हुनेछन् । 

यसबीचमा, संसदमा विपक्षीले बहुमत पुर्याउनका लागि एमालेको नेपाल समूहले राजीनामा दिउन् भन्ने चाहना राखेर वार्ता गरिरहेको छ । राजीनामाको कदमबाट रोक्नका लागि ओलीले बिहीबार बिहानै नेता विष्णु पौडेललाई माधव नेपालको निवासमा पठाएका छन् ।