कैलालीमा हावाहुरी र बर्षाका कारण रुख ढल्दा एक जनाको मृत्यु, बिद्युत सेवा अबरुद्ध

घरका छाना उडायो

धनगढी खबर    

कैलालीमा हावाहुरी र बर्षाका कारण रुख ढल्दा एक जनाको मृत्यु, बिद्युत सेवा अबरुद्ध

धनगढी । कैलालीमा बुधबार साँझ आएको हावाहुरी र बर्षाका कारण टिकापुरमा रुख ढल्दा एक जनाको मृत्यु भएको छ । कैलालीको टिकापुर १ एकतानगरमा हावाहुरीका कारण रुख ढलेर ४० बर्षिय देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।

बुधबार राती करीब साढे ८ बजे कच्ची घरमाथी ढलेको रुखले च्यापीएर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक भरत चौधरीले जानकारी दिए । यस्तै बुधबार आएको हावाहुरीका कारण कैलालीका बिभिन्न ठाउँहरुमा घरका छानाहरु उडाएका छन् भने धनगढीमा बिद्युत सेवा अबरुद्ध बनेको छ ।

यस्तै कैलालीको घोडाघोडी नगरपालीका साढेपानीमा कलक बहादुर रोकायाको घरमा चट्याङ्ग परेको छ । चट्याङ्गका कारण घरमा क्षती पुगेको छ । घरमा बिद्युतीय मिटर बक्स, बाइरिङग सहितका सामानहरु बिग्रीएका र नष्ट भएका छन् ।

यस्तै कैलारी गाउँपालीका ५ मा अंकित बोहराले टिनले छाएको घरको छाना उडाएको छ । घरको छाना उडउँदा मानबिय क्षती नभएपनी घरमा राखिएको अन्नपात तरकारी लगायतमा ७० हजारको क्षती पुगेको प्रहरीले जनाइएको छ ।

हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा विद्युतका पोलमा क्षति गरेको हो। धनगढीमा पनी हावाहुरी र बर्षाका कारण बिभिन्न ठाउँमा बिद्युत सेवा अवरुद्ध भएको छ । कैलारी गाउँपालिका वडा नम्बर ७ को भुँइयाफाँटा गाउँमा मात्र दर्जनौ घरमा हुरीले क्षति गरेको छ।

स्थानीय रामनाथ चौधरी, फिरु चौधरी, रामप्रकाश चौधरीको घरकोे छाना हुरीले उडाएको उनीहरुले बताएका छन्। तर जिल्लामा के कती क्षती भएको छ भने अझै घटनाको बिस्तृत बिवरण आउँन बाँकी रहको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



बिहिबार ३०, बैशाख २०७८ १२:०१ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस